१३ औं साग प्रतियोगिता: नीमाले जितिन उसुको नानछवान अलराउन्डमा स्वर्ण

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग( अनतर्गत उसुको नानछवान अलराउन्डमा नेपालकी नीमा घर्तीमगरले स्वर्ण जित्न सफल भएकी छिन् ।  विहिबार भएको उसुमा नीमाले स्वर्ण पदक जितेकी हुन ।

 उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । नीमा सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली उसु खेलाडी बनेकी छिन् । यो सँगै नेपालले अहिले सम्म ३० स्वर्ण प्राप्त गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments