उसु खेलमा दिपकले दिलाए नेपाललाई स्वर्ण

बुधबार, मंसिर १८, २०७६



काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका दिपक हमालले स्वर्ण पदक प्राप्त गरेका छन ।  बुधबार भएको उसु नेपालका दिपक हमालले उसु थाउलोतर्फ  कुल १९.३२ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन् । नेपालले अहिले सम्म २४ स्वर्ण जित्दै तालिकाको उच्च स्थान कायम राख्न सफल भएको छ ।

उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन्।  उनको निकटमत प्रतिद्वन्द्वी भारतका साजन लामाले १९.१२ अंक प्राप्त गरी रजत पदकमा चित्त बुझाए । यस्तै कास्य पदक भने बंगलादेशका अमिर होसैनको भागमा पर्‍यो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata