अमेरिका, मेक्सिको र क्यानडाबीच ‘यूएसएमसीए’ व्यापार सम्झौतामा हस्ताक्षर

बुधबार, मंसिर २५, २०७६



एजेन्सी  । अमेरिका, मेक्सिको र क्यानडाबीच दुई वर्ष लामो कठिन वार्तापश्चात् संशोधित ‘यूएसएमसीए’ भनिने त्रिपक्षीय भएको छ ।

यो सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ। स्वतन्त्र बजारलाई बढावा दिने, निष्पक्ष व्यापार कायम गर्ने, बलियो आर्थिक वृद्धि गर्ने नयाँ व्यापार सम्झौता  ‘यूएसएमसीए’का विशेषता छन् ।

Canada, U.S., Mexico sign amended USMCAको लागि तस्बिर परिणाम

मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज ओब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने विश्वास व्यक्त गरे ।

नाफ्टाको सट्टामा नयाँ व्यापार सम्झौता गर्ने विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनको एउटा प्रमुख एजेन्डा थियो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको प्रतिक्रिया दिएका छन्।

अब सो सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका निम्ति प्रस्तुत गरिनेछ । नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्र्याटहरूले पनि त्यसको समर्थन गरेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments