नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
सोमवार, पुस २५, २०७३
काठमाडौँ । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ ।
काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेका हुन ।
सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी छिन् ।
विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ ।
काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल, काभ्रेबाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेकी थिईन ।
उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेकी छिन ।
498 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments