भारतद्वारा अमेरिकी प्रस्ताव अस्विकार

मङ्लबार, साउन २८, २०७६



एजेन्सी । गत-५ अगष्ट देखी भारतीय राज्य कश्मीरमा संविधानको अनुच्छेद-३७० खारेज गर्दै एक भारत नीति लागु गरिएकाे छ ।

मुस्लिम बहुल कश्मीरमा भारतीय सरकारले कश्मीरकाे विशेष अधिकार खोस्दै अतिरिक्त सैनिक परिचालन गर्यो । भारतीय सरकारको उक्त कदमले पाकिस्तानसँग नयाँ तनाव सिर्जना हुन पुग्याे । परमाणु सशस्त्र मुलुक भारत र पाकिस्तान कश्मीरलाई लिएर विगतमा लडाई नै लडिसकेको अवस्थामा कश्मीर राजनीति झनै पेचिलो अवस्थामा प्रवेश गर्यो ।

अगष्ट -१२ तारिखमा इद मनाउँदै कश्मीरवासीले भने,हामी शोक मनाउँदै छौं । यसै समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तानबीच कश्मीर मुद्धामा मध्यस्थताको प्रस्ताव पेश गरेका थिए । राष्ट्रपति ट्रम्पले प्रष्ट भाषामा भनेका थिए । कश्मीर मुद्धामा मध्यस्थता भारत र पाकिस्तानको मञ्जुरीबाट मात्र सम्भव छ । तर भारतले राष्ट्रपति ट्रम्पको प्रस्ताव पूर्णतया खारेज गरेको छ ।

भारत कश्मीरलाई आफ्नो अभिन्न अंग मान्दछ । साथै जम्मु-कश्मीर आन्तरिक समस्या मान्दछ । भारतीय नेता हर्षवर्धन श्रृगलाले अमेरिकी प्रस्तावलाई खारेज गर्दै कश्मीर समस्या आफ्नै बलबुतामा समाधान गर्नै बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata