अमेरिकामा पछिल्लाे २४ घण्टामा ६१७ कोरोना संक्रमितको मृत्यु

सोमवार, जेष्ठ १२, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अत्याधिक प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा सबैभन्दा कमको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ संक्रमितको मृत्यु भएको हो । यो अमेरिकामा कोरोनाले महामारीको रुप लिएपछिकै सबैभन्दा कम मृत्यु हो । अघिल्लो हप्ता लगातार केही दिन मृत्यु हुनेको संख्या हजारभन्दा तल झर्दै आएको थियो ।

विश्वकै सबैभन्दा धेरै कोरोना प्रभावित सहर न्युर्योकमा मात्रै अप्रिलमा दैनिक एकहजार भन्दा धेरैको मृत्यु हुने गरेको थियो । उक्त सहरमा पनि हाल कोरोनाको प्रभाव निकै कम भएको छ । न्युयोर्कका गभर्नर इन्ड्रु कुमोले अघिल्लो २४ घण्टामा उक्त सहरमा ८४ जनाको मृत्यु भएको बताएका बीबीसीले जनाएको छ । अप्रिलमा यहाँ प्रत्येक दिन हजारभन्दा धेरैको मृत्यु हुन्थ्यो ।

अमेरिकामा कोराना संक्रमण र मृत्यु दरमा कमी आए पनि नियन्त्रणमा भने आएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण तिव्र गतिमा नियन्त्रण भइरहेको तर केही क्षेत्रमा भने संक्रमणको उत्तिकै खतरा रहेको बताएका छन् । उनले अब लकडाउनमा छुट दिँदै पुरानै अवस्थामा फर्किनु पर्ने बताउँदै आएका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनले भने सामाजिक दूरी कायम गर्ने लकडाउन नै उत्तम विकल्प भन्दै यसमा हतार नगर्न चेतावनी दिँदै आएको छ ।

अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित देश हो ।  हात्ल यहाँसम्म १६ लाख ८६  हजार बढीमा संक्रमण देखिसकेको छ  भने ४ लाख ५१ हजार बढी उपचारपश्चात निको भएर घर फर्किएका छन् । त्यहाँ हालसम्म ९९ हजार ३ सय जनाको ज्यान गएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments