अमेरिकाले सुनायो पाँच जनालाई मृत्युदण्डको फैसला

शुक्रबार, साउन १०, २०७६



एजेन्सी । संयुक्त राज्य अमेरिकाले विभिन्न अपराधमा संलग्न ५ व्यक्तिलाई मृत्युदण्डको सजाय दिने भएको छ ।  ले पहिलो पटक हो ।  तोकिएका व्यक्तिहरुलाई डिसेम्बर २०१९ र जनवरी २०२०मा मृत्युदण्ड दिइने जनाइएको छ ।

अमेरिकी संघीय सरकारका तर्फबाट महान्यायाधिवक्ता विलियम बारले जेल ब्यूरोलाई पत्राचार गरेर मृत्युदण्डको लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । बारका अनुसार यसरी मृत्युदण्ड दिन लागिएकामा बालबालिका र वृद्धवृद्धाको हत्या तथा  बलात्कारका घटनासँग सम्बन्धित रहेका छन् ।

मृत्युदण्ड सूचना केन्द्रका रोबर्ट डुनहामे यो निर्णय कुनै आश्चर्यको निर्णय नभएको बताएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डका समर्थक रहेको र उनले लागूऔषध बेच्ने तथा राज्य र स्थानीय स्तरका प्रहरी अधिकारीको हत्या गर्नेलाई पनि यस्तो सजाय दिनुपर्ने जनाएका थिए ।

अमेरिकाले यसरी मृत्यु दण्ड दिन लागेको सन् २००३ पछि अहिले पहिलो पटक हो ।  अमेरिकामा मृत्युदण्ड १९७२ बाट सर्बोच्च अदालतको आदेश अनुसार अवैध गरिएको थियो । तर १९८८मा सरकारले कानुन पास गरी संघीय तहबाट मृत्युदण्ड दिने व्यवस्था गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments