इरानविरुद्ध आक्रमण गर्ने ट्रम्प आदेश किन भयो स्थगित ?

शुक्रबार, असार ६, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारवाहीको आदेश दिए । आदेशको पालना हुने प्रक्रियामा रहेकै शुरुवाती अवस्थामा राष्ट्रपति ट्रम्प एक कदम पछाडी हटेका छन् । इरानले अमेरिकी सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप सैन्य कारवाहीको आदेश दिएका राष्ट्रपति ट्रम्प बिहीबार राती अचानक निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ ।

पत्रिकाले जनाएअनुसार इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी तथा नेताहरुबीच व्यापक छलफल एवं विवाद भएको थियो । बिहीबार राती ७ बजेसम्म सैन्य र कुटनीतिक अधिकारीहरु इरानमाथि हमला हुने अनुमान गरिरहेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ठूलो गल्ती गरेको सजाय दिने बजारहल्ला बढिरहेको समयमा अचानक सैन्य कारबाही स्थगित गरिनुलाई अर्थपरक ढंगले हेरिएको छ । इरानले हवाई क्षेत्रको उलंघन गर्दै ड्रोन खसालेको घटनालाई बाहना बनाउँदै इरानको  आणविक तागतलाई छिन्नभिन्न बनाउने पछिल्लो अवसर र अनुमानलाई अकस्मात स्थगित गर्नुको आन्तरिक कारण चीनसँगको बढ्दो व्यापार युद्धलाई मानिएको छ । केहि राजनीतिक विश्लेषकहरु यसलाई अरब सागरको हतियार बजार बढाउने अमेरिकी चाल हो भन्ने अनुमान गर्नमा व्यस्त छन् ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकाको पछिल्लो कदम र ट्रम्पको प्रतिक्रियाको विरोध गरेको छ । अमेरिका र इरानको बीचमा परमाणु सम्झौताको विषयमा विगत लामो समयदेखि तनाव बढीरहेको अवस्थामा घटेको पछिल्लो द्वन्दले अनिष्टको संकेत गरेको मानिदै छ । केहि विश्लेषकहरु ट्रम्पको पछिल्लो प्रतिक्रियालाई सन् २०२० को राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata