‘म यस महिनाको अन्तिममा भारतमा हुनेछु ।’- राष्ट्रपति ट्रम्प

बुधबार, माघ २९, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिना आफू भारतको यात्राका लागि निस्कने बताएका छन् । उनले भारत भ्रमणलाई लिएर आफू निकै उत्साहित भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा २४ र २५  फेब्रुअरीमा भारत भ्रमण गर्ने पक्का भएको जनाइएको छ।

राष्ट्रपति ट्रम्पको यस यात्राको दौरान दुई देश(अमेरिका-भारत)बीच व्यापार सम्झौता पर हस्ताक्षर हुन् सक्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति ट्रम्पले गुजरातको अहमदाबाद पनि पुग्नेछन्, जहाँ उनले मोदीको साथ् एकै स्टेडियममा जनसभालाई सम्बोधन गर्नेछन् । अहमदाबादको नवनिर्मित मोटेरा स्टेडियममा उनीहरूको संयुक्त सम्बोधनको कार्यकर्म हुनेछ ।

व्ह्वाइट ह्वाउसद्वारा ट्रम्पको भारत भ्रमणको तारिख घोषणा गरिएको एक दिन पश्चात राष्ट्रपति ट्रम्पले आफ्नो ओवल कार्यालयमा संवाददाताहरूसँग भने, ” उहाँ(मोदी) निकै भद्र पुरुष हुनुहुन्छ साथै म भारत जानको लागि उत्सुक छु । म यस महिनाको अन्तिममा भारतमा हुनेछु ।” उनले व्यापार सम्झौताप्रति संकेत गर्दै भने , ” उनीहरू(भारतीय) केहि गर्न चाहन्छन् भने हामी देख्नेछौं ।”

यस्तैगरी, भारतको नवनियुक्त राजदूत तरनजीत सिंह सिन्धुले अमेरिकी राष्ट्रपतिको भारत भ्रमणले ट्रम्प-मोदीबीचको व्यक्तिगत घनिष्टतालाई दर्शाउने जनाएका छन् ।

 
@ANI
 
 

US President Donald Trump: He’s (PM Modi) a friend of mine, he’s a great gentleman and I look forward to going to India. So we’ll be going at the end of the month. https://twitter.com/ANI/status/1227409440204177409 

ANI

 

@ANI

 

US President Donald Trump on his upcoming visit to India & his event at Ahmedabad’s Motera Stadium: I am (going to India). He (PM Modi) said we’ll have millions & millions of people. He thinks we’ll have 5-7 million people just from the airport to the new stadium (Motera Stadium)

View image on Twitter
 
84 people are talking about this
 
 
ट्रम्प र मोदीबीच पछिल्लो तीन वर्षमा मित्रवत सम्बन्ध रहेको बताइन्छ । सन् २०१९ मा मात्रै ट्रम्प-मोदीबीच चार पटक भेटवार्ता भएको छ । साथै यसवर्ष मात्रै दुई पटक फोनवार्ता भएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments