२५ हजार अमेरिकी डलर सहित पक्राउ

आइतवार, मंसिर १, २०७६



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन एयरको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक राहदानी नम्बर एस ८३००९०० बाहक ३५ वर्षीय सत्य नारायण रामाचार्य चार्यलाई लुकाइ छिपाइ लैजान लागेको २५ हजार अमेरिकी डलर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata