क्युवा भ्रमण गर्न अमेरिकी नागरिकलाई प्रतिबन्ध

बुधबार, जेष्ठ २२, २०७६



एजेन्सी । ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी मुद्रा क्युवा नजाओस भन्ने उद्धेश्यले उक्त कदम चालेको ट्रम्प प्रशासनले जनाएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई क्युवाले समर्थन गरेको कारण अमेरिकी प्रशासनसँग चिढिदै आएको थियो । अमेरिकी वित्त मन्त्रालयले आफ्ना नागरिकलाई अध्ययन र भ्रमणको निम्ती क्युवा नजान भनेको छ । अमेरिकाको यस कदमले क्युवाको पर्यटनको क्षेत्रमा नराम्रो असर पर्ने मानिएको छ ।

सन २०१९ को शुरुवाती चार महिनामा करिव दुई लाख ५० हजार अमेरिकी पर्यटकले क्युवाको भ्रमण गरेका थिए । ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भने, क्युवाको सहायताले राष्ट्रपति मदुरोले भेनेजुएलामा मानवीय संकट उत्पन्न गर्न सफल भएका छन् । साथै भेनेजुएलालाई अस्थीर बनाइरहेका छन् ।

हाम्रो उद्धेश्य क्युवाको पर्यटनलाई रोक्नु हो। क्युवाले अमेरिकी सरकारको कदमलाई निन्दा गरेको छ ।

अमेरिकी पर्यटकलाई क्युवा जान प्रतिवन्ध लगाएसँगै क्युवाको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्नेछ । साथै थप बेरोजगारी समस्या उत्पन्न हुन सक्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata