कोरोना विरुद्ध लड्न अमेरिकाद्वारा भारतलाई २९ लाख डलर मद्धत

शनिबार, चैत्र १५, २०७६



एजेन्सी । शुक्रबार अमेरिकाले कोरोना भाइरस विश्वव्यापी महामारीको विरूद्ध लड्न सहयोग गर्ने भारत लगायत ६४ देशहरूलाई १७.४ करोड लाख डलरको रकम दिने घोषणा गरेको छ।

यस रकम मध्य २९ लाख डलर भारतलाई सहयोगका रूपमा दिइनेछ। यो फेब्रुअरीमा अमेरिकाले घोषणा गरेको १० करोड डलरको अतिरिक्त हो। हाल घोषणा गरिएको नयाँ रकम रोग नियन्त्रण र रोकथाम केन्द्रहरू (सीडीसी) सहित विभिन्न विभाग र एजेन्सीहरूको ठूलो अमेरिकी विश्वव्यापी प्रतिक्रिया प्याकेजको हिस्सा हो। यो वित्तीय समर्थन विश्वव्यापी महामारीको जोखिमको सामना गर्ने  सर्वाधिक जोखिमयुक्त देशहरूका लागि हो।

अमेरिकी विदेश विभागले भारत सरकारलाई प्रयोगशाला संयन्त्र स्थापना गर्न, केस आधारित निगरानी सक्रिय पार्न र घटनामा आधारित सर्भेलेन्स सक्रिय पार्न,  प्रतिक्रिया तथा तत्परताका लागि प्राविधिक विज्ञहरूलाई सहयोग पुर्‍याउन सहयोग पुर्‍याएको छ। छ युएस अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) का उप प्रशासक बोनी ग्लिकका अनुसार यस नयाँ सहायताले अमेरिकाको विश्वव्यापी स्वास्थ्य नेतृत्वलाई थप सुदृढ बनाउनेछ।

वित्तीय सहयोगको घोषणा बाहेक, अमेरिका पनि आफ्नो साथीहरु र सहकर्मीहरुको भेन्टिलेटरको आवश्यकताको आपूर्ति गर्नको लागी तयार छ। राष्ट्रपति ट्रम्पले भने कि ठूलो संख्यामा मानिसहरूलाई कोरोना भाइरसले संक्रमित गरिसकेपछि अमेरिकाले भेन्टिलेटर र अन्य मेडिकल उपकरणको उत्पादन बढाएको छ र तिनीहरूको प्रशासनले अरु देशहरुमा पनि विस्तार गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments