उर्मिलाको हत्यारालाई कारवाही गर्न माग

मङ्लबार, बैशाख १८, २०७५



काठमाडौं । अछाम कालेकाँडा गाउँपालिका– ९ स्थित भानाकोट बल्दे घर भएकी १८ वर्षीया उर्मिला टमटा (टंकी) को रहस्यमय निधन भएको भन्दै उनका आफ्न्तले दोषीको पहिचान गरि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर मृतकका दाजुहरू लक्ष्मण टमटा र मदन टमटाले आफ्नी बहिनीको हत्या गरिएको भन्दै हत्यामा सलंग्न दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

एसइईको परिक्षा दिएर बिदामा बसेकी उर्मिलाको हत्या अछामको कालेकाँडा गाउँपालिकामा भएको हो । मृतक उर्मिलाको शव उक्त गाउँपालिका वडा नम्बर ९ बल्देस्थित तिलक बटालाको घरमा मंगलबार बिहान फेला परेको दाजु लक्ष्मण टमटाले पत्रकार सम्मेलनमा जानकारी दिए । मृत्तक उर्मिलाका दाजुहरूले आफ्नी बहिनीको हत्या नीज बटालाले नै गरेको आरोप लगाउँदै अनुसन्धान गरि कडा कारबाही गर्न माग गरे ।

कालेकाँडा गाउँपालिका वडानम्बर ९ मा आफ्नो ठूलो बुवाकोमा बस्दै आएकी उर्मिलाले कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर १ स्थित् कोटवाडा परिक्षा केन्द्रबाट परिक्षा दिएकी थिईन् ।

मृतकका दाजु लक्ष्मण टमटाले पीडकलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनले भने, ‘विगत डेढ वर्षदेखि तीलक बटाला र हाम्री बहिनीबीच प्रेम सम्बन्ध रहेको कुरा हामीलाई हल्का जानकारी छ, त्यो भन्दा बढि केही कुरा थाहा छैन्, आज एक्कासी बहिनी लास बनेको खबर सुन्दा हामी विछिप्त भएका छौँं, सरकारले हामीलाई न्याय दिनुपर्छ ।’

44 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank