ऊर्जामन्त्रीले भाषण गर्दागर्दै विद्युतकाे लाइन गएपछी..

मङ्लबार, मंसिर १७, २०७६



सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले भाषण गर्दागर्दै विद्युतकाे लाइन गएसँगै उक्त घटना चर्चाको विषय बनेको छ ।

ऊर्जामन्त्री पुनले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लामा मौसमी राडारको उद्घाटन गर्दागर्दै विद्युत् कटौती भएसँगै कार्यक्रमस्थलमा उपस्थितले  मुखामुख गरेका थिए ।

ऊर्जामन्त्री प्रमुख अतिथिका रूपमा कार्यक्रममा बोल्दै गर्दा विद्युतको लाइन काटिएको थियो । विद्युतकाे लाइन काटिएपछि करिब डेढ मिनेट मौन रहेका ऊर्जामन्त्रीले जेनेरेटर सञ्चालन गरिएपछि  मन्तव्य शुरु गरेका थिए ।

आफू नै मुख्य मन्त्री रहेको र आफ्नै प्रमुख आतिथ्यमा हुन् गइरहेको कार्यक्रममा एक्कासि विद्युत्को लाइन गएपछि कार्यक्रममा उपस्थितले मुखामुख गरेता पनि ऊर्जामन्त्रीले यस विषयमा भने केही बोल्न रुचाएनन् ।

सुर्खेतमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन छिनछिनमा जाने र आउने गर्ने स्थानीयको गुनासो रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata