उपराष्ट्रपति निवासको गेटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौं । लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा बुधबार भेटिएको भनिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गई चेकजाँच गर्दा उक्त वस्तु कपडा मात्र भएको फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए ।

उपराष्ट्रपति निवासको दक्षिण गेटमा एक जना महिलाले यताउती हर्दै झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि प्रहरीलाई खबर गरिएको थियोे ।

झोलामा विष्फोटक पदार्थ हुन सक्ने आशंका गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको एसएसपी श्याम ज्ञवालीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments