तीन सरकार मिलाउँदै राष्ट्रिय सभा

बुधबार, मंसिर १९, २०७५



काठमाडौं । राष्ट्रिय सभाले तीनै तहका सरकालाई मिलाउने गरि पहल थालेको छ । संघीय संरचनामा उत्पन्न विवाद समाधान गर्न आफ्नो भूमिका बढाउदै आज पहिलो कदम चाल्दैछ । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिले बैठक बोलाइएको छ । बैठकमा तीन तहबीच देखिएको विवाद, गुनासो सम्बोधन तथा तहगत समन्वयबारे छलफल हुने उपाध्यक्ष शसीकला दाहालले जानकारी दिइन ।

सरकारले आवश्यक कानुन, जनशक्ति तथा स्रोतसाधन नदिँदा संवैधानिक अधिकार प्रयोगमा बाधा उत्पन्न भएको प्रदेश तथा स्थानीय सरकारको गुनासो छ।

संविधानले तीन तहबीच समन्वयका लागि संघीय कानुन बनाउन सकिने भनेको छ। कानुन र आवश्यक संरचना नभएकै कारण तीन तहबीच छलफलको साझा थलो निर्माण हुन सकेको छैन। बैठकमा जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधि बोलाइएको छ ।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank