जातीय भावना त्याग्नुहोस : यादव

शनिबार, जेष्ठ ३१, २०७७



काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जातीयता भावना त्याग्नु पर्ने बताएका छन ।
मधेशी समुदाय प्रति हेर्ने भावना भारतीय धोतीको रुपमा बुझ्ने जातीय भावना त्याग्न अनुरोध गरे ।

साथै उनले जब सम्म भावना एकतामा जोड्न सकिदैन तब सम्म बाहिरको कुटनीतिकता काम नलाग्ने दाबी गरे । बिगतमा राष्ट्रघाति काम गर्नेहरुले जनता समक्ष माफि माग्नु  पर्ने बताए । यस अघि भारतसंग भएका सुगौली सन्धी माथि गर्ने गरी गरिएको राष्ट्रघाती सन्धीमा भुमिका खेल्नेहरुले माफि माग्नु पर्ने उनको माग छ ।

उनले अान्तरिक शक्ति बलियाे बनाउनु पर्ने सुझाव दिदै राष्ट्रियताकाे सवालमा अघि बढ्न सुझाव दिए ।  पहिला चुच्चो  थियो तर पछि गायव भयो, त्यो कसरी ?  कसकाे पालामा गायब भयो ? यो संसदलाई जानकारी दिनु पर्ने भनेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments