ईयूको पक्षमा फोरम अध्यक्ष उपेन्द्र यादवको भाषण

शुक्रबार, चैत्र ९, २०७४



रौतहट । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव युरोपियन युनियनको पक्षमा उभिएका छन् । युरोपियन युनियनले तयार पारेको प्रतिवेदनको चौतर्फी आलोचना भइरहेको बेला यादवले भने पक्षमा भाषण मात्र गरेनन्, सरकारले गरेको विरोधको आलोचना समेत गरे । उनले खस, आर्यको आरक्षण कोटामा युरोपियन युुनियनले दिएको सुभाव प्रति सरकारले विरोध जनाउनु अपरिपक्कता र गैरजिम्मेवारीपन भएको बताए ।  उनले निर्वाचन परीवेक्षणका लागि आएको युरोपियन युनियनको टोलीले खस आर्यको आरक्षण खारेज गर्न सुझाएको प्रति आफूहरुले पनि पहिल्यै शासक समुदायलाई आरक्षण दिन नहुने उल्लेख गर्दै आएको बताए ।

उनले आफ्नो पार्टीले उठाएको माग संम्वोधन भएपछि मात्र सरकारमा सहभागी हुने बताएका छन् । रौतहटको सदरमुकाम गौरमा शुक्रबारबाट सुरु भएको ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका छन् ।

राजनीतिक अधिकार प्राप्त नहुँदा सरकारमा जानुको औचित्य नै नहुने बताउँदै यादवले वर्तमान सरकारले मधेस र मधेसीको अधिकार सुनिश्चित गर्छ भन्ने विश्वासका साथ आफुहरुले सरकारलाई समर्थन गरेको बताए ।

मधेसी, आदिबासी, जनजाति तथा पिछडिएका वर्गको अधिकार सुनिश्चित हुने आधार नहुदासम्म सरकारमा नजाने आफूहरुको अडान रहेको नेता यादवले स्पष्ट पारेका छन् । प्राप्त अधिकारको संरक्षण र उपयोग गर्दै थप अधिकार प्राप्तिको लागि प्रयास गर्ने आफूहरुको नीति अनुरुप पार्टी संचालन भएको बताउँदै बेरोजगारीको समस्या हल गर्न कृषि क्षेत्रको आधुनीकिकरण र व्यवसायीकरण गर्नुपर्ने यादबले बताए ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank