संघीयता गरिबप्रति उदार छैनः उपेन्द्र यादव

आइतवार, माघ ५, २०७६



जनकपुर । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता गरिब जनताप्रति उदारवादी नभएको टिप्पणी गरे । शनिबार जनकपुरमा तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको शुभारम्भ यादवले संघीयता नाम मात्रैको भएकाले यसबाट देश र जनताको समृद्धि सम्भव नरहेको बताए ।

मधेस जनविद्रोहले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्दै शासक वर्गले आफ्नो वर्चस्व कायम राख्ने गरि संघीयता ल्याएको आरोप लगाए । ‘संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव छैन,’ उनले भने, ‘‘मधेस आन्दोलनले अधिकार सम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधन स्रोत सम्पन्न प्रदेश मांगेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।’

संघीयता गरिबप्रति उदार छैनः यादव

संंविधान संशोधन नभएसम्म मधेसी, आदिवासी, जानजाति, दलित, मुस्लिम र महिलाले स्वतन्ताको अनुभूति गर्न नसक्ने दाबी गरे । अधिकार प्राप्तीका लागि पुनः संघर्षको आवश्यकता रहेको उनले बताए । उनले संगठन ठूलो भएपछि मात्रै पार्टी ठूलो हुने र ठूलो पार्टीलाई सत्तामा पुग्न सहज हुने भएको तीन महिना पूर्णरुपमा पार्टीलाई दिन कार्यकतामाँझ अनुरोध गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने दाबी गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोल टोलसम्म विस्तार गर्न कार्यकर्तालार्य निर्देशन दिए । उनले संघीयता विरोधीहरूले विभिन्न बाहनामा संघीयताले ल्याएको उपलब्धी सिक्याउन खोजिरहेको आरोप लगाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments