जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ: उपेन्द्र यादव

सोमवार, बैशाख ३१, २०७५



चितवन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन् ।

चितवनमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको बताए । उनले भने ‘नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के हुन्छ ?’

संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने उनले बताए । उनले भने ‘जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ ।’

281 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank