उपेन्द्र यादव संयोजकबाट निस्कासित, मधेसी जनतालाई धोका दिएको आरोप

शनिबार, बैशाख २३, २०७४



काठमाडौं । २९ दल सम्मिलित संघीय गठबन्धनले धोका दिएको भन्दै संयोजकबाट निस्कासित गरिएको छ । स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै संयोजक उपेन्द्र यादवलाई निष्काशन गरिएको थियो । राष्ट्रिय जनता पार्टी, नेपालको विजुलीबजारस्थित कार्यालयमा बसेको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही गरेको हो ।

बैठकले नयाँ संयोजकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ । नयाँ संयोजक ठाकुरले यादवले मधेसी दल, जनता र गठबन्धनलाई धोका दिएको छ । संविधान संशोधन बिना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा भएको हुँदा संघीय गठबन्धनबाट संयोजक समेतको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ,’ नवनियुक्त संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले गठबन्धनले अघि सारेको मुद्धाहरु बमोजिम संविधान संशोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिएको छ ।

713 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank