यस्तो रहेछ उपेन्द्र आउटको अन्तरकथा

बुधबार, बैशाख २७, २०७४



उपेन्द्र यादवलाई मधेसी गठबन्धनबाटै निकाली त्यसको ठाउँमा महन्थ ठाकुरलाई अध्यक्ष बनाइयो । महन्थ ठाकुरकै पार्टी कार्यालय बबरमहलमा तीन घण्टासम्म चलेको बैठकबाट उपेन्द्रलाई गलहत्याउनमा सक्रिय पात्र हुन् विजय सैंजु । यसअघि नेपाः पार्टीको ब्यानरमा सकृय सैंजुलाई समेत तिरिमिरी हुनेगरी वयोवृद्ध लक्ष्मण राजवंशीले एउटै सांसद पदसमेत लिएर बुढेसकालमा दलाललाई साथ दिन सक्दिनँ भन्दै बौद्धिक जनतान्त्रिक परिषद् पार्टी खोलेका थिए । महेन्द्र यादवबाहेकका नेता उपस्थित उक्त बैठकमा सैंजुले कुरा राखे, ‘उपेन्द्रले हामीसँग गद्धारी ग¥यो । अघिल्लो दिनसम्म चुनावमा भाग लिनुहुँदैन भनेर उचाल्यो तर खुसुक्क भाग लियो । हाम्रा मतदाता अन्योलग्रस्त भए । यस्ता मान्छेलाई सँगै राखेर अगाडि बढ्न सकिँदैन ।’ उनी बोलिनसक्दै विष्णु लिङदेनले के गर्ने त भनेर प्रश्न उठाए । राजेन्द्र महतोले विधिले जसो भन्छ उसै गरौं भने । त्यहीपछाडि सैंजुले उपेन्द्रलाई यहाँबाट निकाल्ने हो भने जनजातिलगायत सबैको दीर्घकालीन साथ–सहयोग गठबन्धनलाई रहने सुनाए । त्यसपछाडि उपेन्द्र गठबन्धनबाट निकालिएको कुरा आयो । राजेन्द्र, महन्थ, अनिल, राजकिशोर, कुमार राई, तुलाराम राना सबैले ताली बजाए । उपेन्द्रलाई गठबन्धनबाट निकालिएको विज्ञप्ति जारी गरियो । यो घटनापछि दुई पार्टीबीच जवाफी हमला शुरु भएको छ ।
केरेकोके¥यै
पण्डितलाई अगाडि राखेर नाम र झण्डा जुराइएको राजपामा अर्काे भाँडभैलो मच्चिएको छ । पार्टी गठन भएको महिना दिनसम्म निर्वाचन आयोगमा दर्ता हुन नसक्नुको प्रमुख कारण हो माइन्युट केरकार गर्दै किर्ते हस्ताक्षर गरी नक्कली पदाधिकारी खडा गरिनु । तँभन्दा म के कमको शैलीमा किर्ते पदाधिकारी थपिएपछि अहिले त्यहाँ एउटा दलका नेताले अर्काे नेतालाई किन पदाधिकारी संख्या बढाइस् भन्दै जुहारी चल्ने गरेको छ ।
पार्टी एक हुनुअघिसम्म तमलोपाको पदाधिकारी संख्या ८६ थियो । रातारात यो संख्या बढेर २ सय ५ जना पुगेको छ । महन्थ र हृदयेशहरूको सिको गर्दै राजेन्द्र महतोले समेत सद्भावना पार्टीको पदाधिकारीको संख्या १ सय १२ बाट १ सय ६७ पु¥याएका छन् । यसअघि २ जना महासचिव रहेको सद्भावनामा अहिले ६ वटा महासचिव पुगेको छ । सोही ढंगले शरत्सिंह भण्डारीको तमसपामा ४० पदाधिकारी थपिएका छन् । उस्तै हालत छ, महेन्द्र राय र राजकिशोरहरूको । मनलाग्दी पदाधिकारीको संख्या थपेपछि असन्तुष्ट हुँदै पार्टी एक भएको महिना दिन नपुग्दै हरेक इस्युमा राजपामा झगडा शुरु हुन थालेको छ । यस्तो लफडा देखेपछि निरास हुँदै सत्यनारायण मण्डलले राजपाबाट सन्न्यास लिइसकेका छन् भने मृगेन्द्रकुमार सिंह दुःखी हुँदै घरतिर लागेका छन् । त्यस्तै, सन्तोष मेहता, बिपी यादव, सिपी सिंहहरूले किर्ते पदाधिकारीको विरोधमा खुलेरै असन्तुष्टि पोख्न थालेका छन् ।
आजको जनआस्थाबाट

1162 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank