संखुवासभा जीप दुर्घटना (अपडेट) : मृत्यु हुने ६ जनाको सनाखत

आइतवार, पुस ३०, २०७४



संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभानतर्फ गएको जीप दुर्घटना हुँदा ज्यान गएका ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालसहित ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुइकेल, पाथीभरा हेदांनाका सुरेश राई र जीप चालकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

दुर्घटनामा परेका सबैजनाको शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका–३, मा पर्ने सामाटार भन्ने स्थानमा आइतबार दिउँसो १२ बजे दुर्घटना भएको थियो ।

घटनास्थल निक्कै भीरालो भएकाले घटना भएको ४ घण्टापछि शव निकालिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ३ सय मिटर तल झरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । जीप कसरी दुर्घटना भयो भन्ने विषयमा कुनै जानकारी नपाएको प्रहरीले जनाएको छ । यो सडक खण्ड करिब २ महिना अघिमात्र ट्रयाक खोलिएको थियो ।

240 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank