उपराष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि अष्ट्रियातर्फ प्रस्थान

आइतवार, जेष्ठ १२, २०७६



काठमाडौं । आज(आइतबार) बिहान उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी भ्रमणका लागि युरोपेली मुलुक अष्ट्रियातर्फ प्रस्थान  गरेका छन्  ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुने उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

उनी कतार एयरवेजको विमानमार्फत आइतबार बिहान ९:२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुँदैछन् ।

अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नेछन् ।

भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नुहुने प्रेस संयोजक मगरले बताए । उपराष्ट्रपति पुन जेठ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank