म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनसँग भिड्दै

शनिबार, पुस १५, २०७४

loading...


म्यानचेस्टर (एजेन्सी) । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनसँग भिड्दै छ । युनाइटेडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार राती ११.१५ बजे सुरु हुने छ ।

घरेलु टोली युनाइटेडका लागि मुख्य डिफेन्डर क्रिस स्मलिङ र एरिक बाई घाइते रहेकाले भिक्टर लिन्डेलफले फिल जोन्ससँग डिफेन्स सम्हाल्ने छन् । त्यस्तै साउथह्याम्पटनका लागि पनि डिफेन्डरद्वय सेड्रिक स्वारेस र रायन बर्ट्रान्ड घाइते छन् ।

लिगको आफ्नो पछिल्लो खेलमा युनाइटेडले बर्नलीसँग २-२ को बराबरी खेलेको थियो भने साउथह्याम्पटन टोटनह्यामसँग ५-० ले पराजित भएको थियो ।

त्यस्तै अर्को बलियो टोली चेल्सी ८.४५ बजे स्टोक सिटीको सामना गर्ने छ । स्टोकका लागि मुख्य डिफेन्डरहरु घाइते छन् र चेल्सीबाटै लोनमा रहेका कर्ट जुमा खेलमा सहभागी हुने छैनन् । त्यस्तै चेल्सीका लागि आन्द्रेस क्रिस्टेन्सन घाइते छन् ।

हाल चेल्सी तेस्रो स्थानमा छ भने स्टोक सिटी १३ औं स्थानमा रहेको छ । त्यस्तै लिभरपुल पनि लेस्टर सिटीसँग रातिको ८.४५ बजे सुरु हुने खेलमै भिड्दै छ ।

97 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!