युनाइटेड र चेल्सी भिड्ने

बिहिबार, अशोज ९, २०७६



एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको अन्तिम १६ मा चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार राति भएको खेलमा रोचडेललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै युनाइटेड चौंथो चरणमा प्रवेश गरेको हो ।

निर्धारित समयमो खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा युनाइटेट भने बलियो सावित भयो । त्यसअघि खेलको ६८ औँ मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

उता रोचडेलका लागि खेलको ७६ औँ मिनेटमा लुक माथिसनले बाराबरी गोल फर्काएका थिए । युनाइटेडले अब अन्तिम १६ मा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata