कश्मीर मामिलामा संयूक्त राष्ट्रसंघ सन्तुलित, भारतलाई सम्झायो शिमला सम्झौता

शुक्रबार, साउन २४, २०७६



एजेन्सी । संयूक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानलाई कश्मीर मामिलामा संयम अपनाउन आग्रह गरेका छन ।

महासचिव गुटेरेसले अत्यन्त सन्तुलित बन्दै भनेका छन, कश्मीर मामिलामा सन १९७२ मा सम्पन्न शिमला सम्झौता अनुसार तेस्रो पक्षको संग्लग्नता अस्वीकार गरिएको छ ।

भारतीय सरकारले संविधानको अनुच्छेद ३७० खारेज गर्दै कश्मीरलाई एक भारत नीति अनुरुप चलाउन कश्मीरमा धारा १४४ लागू गरेको अवस्थामा उक्त बयान आएको हो ।

शिमला सम्झौता अनुसार,कश्मीर मामिलामा कुनै पनि तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरिएको र संयुक्त राष्ट्रसंघ चार्टर मुताविक शान्तिपूर्ण तरिका निकाल्ने जनाएका छन ।

भारतले कश्मीर मामिलामा एक पक्षीय र अवैध तरिका अपनाएको बताउँदै यसको विरुद्ध संयूक्त राष्ट्रसंघको सुरक्षा परिषदमा जाने पाकिस्तानी सरकारले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata