पतिबाटै कुटिइन् माओवादी केन्द्रका महिला उम्मेदवार !

शुक्रबार, बैशाख २९, २०७४



लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् ।माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।पतिले बाँसको चिर्पटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ ।

हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् ।खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् ।

707 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank