एमाले निर्वाचन परिचालन कमिटीको प्रवक्ता रिमाल

मङ्लबार, कार्तिक २८, २०७४

loading...

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा पोलिटब्युरो सदस्य बिष्णु रिमाल तोकिएका छन् । आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक सूचना सम्पे्रशन भेरिफाइ र मिडिया समन्वयका लागि परिचालन कमिटी सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । बैठकले निर्वाचनको क्रममा समन्वय गर्न बिभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । जसअनुसार निर्वाचन आयोगतर्फ समन्वयका लागि पोलिटब्युरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ समन्वयका लागि केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ । बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार बिभाग सदस्य गणेश बस्नेतलाई केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्यमा थप गरेको छ ।

बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा हुनसक्ने सम्भावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्न हुनसक्ने चलखेलप्रति सतर्क रहन सबै पार्टी कमिटी र आम मतदातालाई अपिलसमेत गरेको छ । बैठकमा विभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचारसंहिता विपरितका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv