शिफारिसमा परेका एमालेका आशलाग्दा उम्मेदवारहरु

शनिबार, अशोज २१, २०७४

loading...


काठमाडौ । एमालेका प्रदेश तथा निर्वाचन क्षेत्रीय कमिटी र जिल्ला कमिटीले शिफारिस गरेका केही नेताहरु नेपालको राजनीतिमा आस लाग्दा मानिएका छन । एमालेमा त्यस्ता धेरै नेताहरु छन। तर हामीलाई प्राप्त समाचारका आधारमा शिफारिस भएका केही नेताहरुकोा बारेमा सानो परिचय प्रस्तुत गरिएको छ ।

गोकुल बाँंस्कोटा प्रतिनिधिसभा सदस्य काभ्रे २
गोकलु बास्कोटा काभ्रे २ बाट प्रतिनिधि सभा सदस्यमा शिफरिस भएका छन् । उनी पार्टी भित्र खरो र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनमा चिप्लो र ललपातो समेत आउदैन। पत्रकारीता क्षेत्र हुदै राजनीतिमा होमिएका बास्कोटा गएको संविधानसभाको निर्वाचनमा काभ्रे ३ बाट सभासदका उम्मेदवार भएका थिए । एमाले काभ्रे जिल्लाका पार्टी अध्यक्ष समेत भएका थिए ।
महेश बस्नेत प्रतिनिधिसभा सदस्य भक्तपुर २
महेश बस्नेत युवा संघका पूर्व अध्यक्ष तथा पूर्व उद्योग मन्त्री समेत हुन । उनी भक्तपुरको २ नं क्षेत्रबाट प्रतिनिधि सभा सदस्या शिफारिस भएका छन् । बिशेष गरि जनयुद्धबाट आएको माओवादी युवा दस्ता वाईसीएलको ज्यादती रोक्न बस्नेतले महत्वपूर्ण नेतृत्व गरेका थिए। वाईसीएलको ज्यादती रोक्नका लागि पहिलो पल्ट गठित युथफोर्सका समेत उनी प्रमसख थिए । २०५४ सालको स्थानी य निर्वाचनमा बस्नेत गुण्डु गाविसका अध्यक्ष मात्र निर्वाचित भएनन् कान्छो अध्यक्षको समेत रेकर्ड राख्न सफल भए ।

सुरेन्द्र मानन्धर प्रतिनिधिसभा सदस्य काठमाडौ १०
सुरेन्द्र मानन्धर प्रतिनिधिसभा सदस्यका लागि काठमाडौ १० बाट शिफारिस भएका छन् कुनै बेला माओवादी अध्यक्ष प्रचण्डको क्षेत्र भनेर चिनिएको किर्तिपुर क्षेत्रमा उनले संविधानसभाको निर्वाचन २०७०मा प्रचण्डलाई उछिनेका थिए । लामो समय बिद्याथी आन्दोलनमा विताएका उनी केही समय देखि भुगोलको राजनीतिमा सक्रिय छन । तीन वटा नगरपालिकाका २९ वडा मध्य १९ वडामा एमालेलाई जिताउन सफल भएका छन । त्यस मध्य १० वडामा कांग्रेस र १ वडामा माओवादीले जितेका छन् । एमाले केन्द्रीय सदस्य समेत रहेका मानन्धर १० नं क्षेत्रमा लोकप्रिय युवा नेता मानिन्छन् ।

नविना लामा प्रदेश सभा सदस्य काभ्रे १
नविना लामा अनेरास्ववियुको ईतिहासमा दोस्रो महिला अध्यक्ष हुन् । उनी काभ्रे १ बाट प्रदेशसभा सदस्यमा शिफारिस भएकी छन् । लामो समय बिद्याथी आन्दोलनमा सरिक उनी बिद्यार्थी आन्दोलनका क्रममा बिभिन्न क्याम्पसको स्ववियु सभापति समेत भएकी छन । लामा निडर र हक्की स्वभावकी मानिन्छिन् । बाँकी उम्मेद्वार क्रमश: प्रस्तुत गर्दै जानेछौ ।

1480 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv