स्याङ्जामा एमाले कार्यकर्तामाथी कांग्रेसको सांघातिक आक्रमण, चार घाईते

सोमवार, बैशाख २५, २०७४



काठमाडौं । स्याङ्जामा नेकपा एमालेका कार्यकर्तामाथी संघाति आक्रमण भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले स्याङजा चापाकोट नगरपालिकामा नेकपा एमालेका कार्यकर्तामाथि आक्रमण गर्दा चार जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

injured-uml

आइतबार साँझ उक्त नगरपालिकाको वडा–६, महमी धारापानी भन्ने ठाउँमा निर्वाचन सभा सकेर अर्को वडामा प्रचारप्रसारमा लागेपछि बाँकी रहेका स्थानीय कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रमणमा परी एमालेका सुनबहादुर थापा, डिल्लीराम खनाल र वडा ६ का सदस्यका उम्मेद्वार पदमबहादुर बिश्वकर्मा घाइते भएका छन् । सुनबहादुर थापालाई शरिरको पछिल्लो भागमा खुकुरीले चिरिएको छ । एमाले प्रदेश–४ निर्वाचन परिचालन कमिटीका सदस्य ताज महम्मद मियाँले घटनास्थलबाट दिएको जानकारी अनुसार, चापाकोट नगरपालिकाका मेयरका उम्मेद्वार शिब गिरीले बडीगार्डका रुपमा प्रयोग गरेका लालबहादुर खवास नेतृत्वको टोलीले आक्रमण गरेको थियो ।

आक्रमणपछि त्यसमा संलग्न दुई कांगे्रस कार्यकर्ता पक्राउ परेका छन् भने मुख्य योजनाकार र आक्रमणको नेतृत्वकर्ता खवास भने फरार रहेका छन् । घटनालगत्तै एमालेको तर्फबाट घटनाबारे प्रहरी प्रशासनमा जानकारी गराउँदै आक्रमणकारीलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको थियो । मियाँका अनुसार, निर्वाचन जित्न नसक्ने भएपछि कांग्रेसका कार्यकर्ता आक्रमणमा उत्रेका हुन् ।

१७७०२ मतदाता रहेको चापाकोट नगरपालिकामा एमालेका तर्फबाट डाा. बुद्धीमान श्रेष्ठ मेयर र सरस्वती भट्टराई उमपेयरकी उम्मेद्वार छन् ।

1401 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank