“”

एमाले रुकुमले गर्यो घोषणापत्र सार्वजनिक, समृद्धि र विकासमा जोड

शुक्रबार, बैशाख २२, २०७४



रुकुम । नेकपा एमाले रुकुमले शुक्रबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमालेले सार्वजनिक गरेको घोषणापत्रमा रुकुमको समृद्धि र विकासमा जोड दिईएको छ ।

bimal pun (1)

संविधान कार्यान्वयनका लागि संघियता, समृद्धि र समाजवादको आधारशीला निर्माण गर्ने भन्दै १४ वटा बुँदामा केन्द्रित रहेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा भौतिक पूर्वाधार तर्फ प्रत्येक गाउँ टोल छुने गरी सडक विस्तार, व्यवस्थित यातायात सुविधा सामुदायिक भवन निर्माण, लघु जलविद्युत आयोजना सञ्चालन, लोडसेडिङ अन्त्य, कृषि, पर्यटन लगायतका कुरालाई जोड दिईएको छ ।

यस्तै स्वास्थ्य क्षत्रमा निःशुल्क स्वास्थ्य सुविधा, आधुनिक प्रसुति गृह, नागरिकको स्वास्थ्य विमा र गाउँका सबै वडाहरुमा सामुदायिक औषधी पसलहरुको व्यवस्था गरिने प्रतिबद्धता घोषणपत्रमा उल्लेख छ । शिक्षामा भने माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक कार्यक्रम संचालन, मेडिकल कलेज, निशुल्क र अनिवार्य शिक्षाको ग्यारेन्टी, सूचना प्रविधि कक्षा संचालन, बालमैत्री विद्यालय, गुणस्तरीय शिक्षा लगायतको विषयवस्तुलाई बढि जोड दिईएको छ ।

खानेपानी तथा सरसफाईतर्फ स्वच्छ खानेपानी उपलब्ध गराउन एक घर एका धाराको नीति, पानीका मुहानहरुको संरक्षण र सम्वद्र्धन, आधुनिक डम्पिङ्ग साईड निर्माण, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थित ढल निकासको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै कृषि तथा पशुपालनका लागि विशेषज्ञ सहितको कृषि अनुसन्धान केन्द्र स्थापना, एक गाउँ एक उत्पादन प्रणालीको कार्यक्रम लागु, कृषि उपज संकलन केन्द्र स्थापना, कृषि तथा पशु विमाको लागु, व्यवस्थित डेरी स्थापना लगायत कुराहरु घोषणपत्रमा उल्लेख छ ।

एमालेले घोषणपत्रमा युवा तथा खेलकुदलाई पनि विषेश रुपमा जोड दिंदै युवाको लागि एक घर एक रोजगार नीति अवलम्बन, खेलाडीहरुलाई प्रोत्साहन र सम्मानका लागि खेलकुद एकेडेमीको विकास र रंगशाला निर्माणको कुरालाई पनि प्राथमिक्ता दिएको छ । त्यस्तै वन तथा वातारणमा जैविक विविधता संरक्षणमा जोड, हरियाली प्रवद्धन कार्यक्रम, जलवायु अनूकुलन कार्यका लागि ठोस नीति लागु गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।

सिंचाईका लागि खेतीयोग्य जमिनहरुमा लिफ््ट सिंचाई प्रविधिको प्रयोग, सिंचाई कुला तथा नहरहरु मर्मत गरिने र मानविय विकासका लागि एक घर एक रोजगारको ग्यारेण्टी गरिने प्रतिबद्धता समेत घोषणा पत्रमा उल्लेख छ । सूचना तथा संचारका लागि भने सूचना केन्द्रको स्थापना, श्रव्य दृश्य संचार प्रविधिको स्थापनामा विकास जस्ता कुरामा जोड दिईएको छ । यस्तै शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका लागि नगर प्रहरीको स्थापना, विपद् व्यवस्थापनका लागि सचेतना कार्यक्रम, सामुदायिक मेलमिलाप केन्द्रहरुको स्थपना लगायतलाई पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

वित्तीय व्वयस्थापनका लागि भने बैंक तथा वित्तीय संस्थाहरुका शाखा विस्तार र उपयुक्त कर नीतिको अवलम्बन गर्ने जस्ता महत्वपुर्ण प्रतिबद्धताहरु घोषणा पत्रमा समेटिएकोे छ । सदरमुकाम केन्द्रित नभई गाउँबाट नै फरक सन्देश दिने भन्दै नेकपा एमाले रुकुमले मुसिकोट नगरपालिकाको सोलावाङ्गमा शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

घोषणापत्र सार्वजनिक गरेसंगै नेकपा एमाले रुकुमले पहलिो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा प्रचार–प्रसार अभियान र घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । नेकपा एमाले रुकुमका अध्यक्ष एवं मुसिकोट नगरपालिकाका मेयर पदका उम्मेदवार बिमलकुमार पुनले जनताको एक मात्र पार्टी एमाले भएकोले एमालेले बिजय हासिल गरे मात्र विकास सम्भव भएको बताए ।

जिल्लाका सबै स्थानीय तहमा एमालेलाई बिजयी बनाउन उहाँले मतदातालाई आग्रह गर्नुभयो । सोही नगरपालिकाबाट एमालेकी उपमेयरकी उम्मेदार केशरी गौतमले जनताको आवश्यकतालाई शिरोधार्य गर्दै मुसिकोटलाई सुन्दर शहर निमार्ण गर्न एमालेसँग मात्र योजना रहेको दावी गर्नुभयो ।

1196 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank