जनकपुरमा शक्ति प्रदर्शनसहितको विशाल सभा, एक घर–एक कार्यकर्ता

दुईनम्बर प्रदेशमा एमालेको विषेश र नयाँअभियान

सोमवार, फाल्गुन ३०, २०७३



काठमाडौं । नेकपा एमालेले मधेसी मोर्चाले अवरोध गरेको दुई नम्बर प्रदेशमा नयाँ ढंगको अभियान चलाउने भएको छ । मेची–महाकाली अभियान सकिए लगत्तै दुई नम्बर प्रदेशमा रहेका तराई मधेसका जिल्लामा विषेश र नयाँ ढंगको अभियान चलाउने एमालेको तयारी छ । घर-घरमा टोलीपुगेर उनीहरुको भावना बुझ्ने र आफ्ना कुरा बुझाउने गरि एमालेले चैत १५ भित्र दुई नम्बर प्रदेशका कार्यक्रम गर्नेछ । घरदैलो कार्यक्रम र विषेश खालको अभियानपछि जनकपुरमा शक्ति प्रदर्शन सहितको विशालसभा गर्ने एमालेले बताएको छ ।

नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेश नम्बर दुईमा एमाले नयाँ ढंगले जाने तयारीमा रहेको नेपालपाटीलाई जानकारी दिए । उनले मधेसका जनताको पक्षमा एमाले रहेकाले उनीहरुको व्यक्तिगत धारणा बुझेर एमालेले आफ्ना कार्यक्रमबारे बुझाउने जानकारी दिए । जनपुरमा पाँचलाख मान्छे उतारेर कार्यक्रम गर्ने पनि उनले बताए ।

फागनु २१ बाट सुरु मेची–महाकाली राष्ट्रिय अभियानका आज कपिलबस्तु र दाङमा सभागर्ने तयारीको क्रममा रहेको एमालेले मेची–महाकाली अभियान सकिएपछि तराई मधेसमा अभियान चलाउनेछ । सप्तरी घटना घटाएर मधेसी मोर्चाले आफ्नो मृत्युको खाल्डो आफै खनेको पनि भट्टराईले टिप्पणी गरे । ‘सप्तरी घटना घटाएर मधेसी मोर्चाले आफ्नो मृत्युको खाल्डो आफै खनेको छ,’ उनले भने, ‘मेची–महाकालीअभियानले राजनीतिक पसल खोलेर बसेकाहरु अब सकिदैछन् भन्ने प्रमाणित गरेको छ ।’ 

उनले अब राजनीतिका नाममा अस्थिरता मच्याउनेहरु समाप्त हुने चेतावनी पनि दिए । जनकपुरमा पाँचलाख मान्छे उतार्ने र त्यति बेला एमालेलाई आक्रमण गर्न कोही आए प्रतिकार गर्ने पनि एमालेले बताएको छ । सभा गर्नुअघि एक घर एक कार्यकर्ताका हिसावले मधेसी नागरिकको चाहाना र धारणा बुझने एमालेको तयारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank