एमालेले नयाँ कदम चाल्दै

मङ्लबार, माघ १८, २०७३

‘एकथरी यो नभई निर्वाचन हुन दिन्न भन्ने, अर्कोथरी गरौँ न भनेझैं गरी तमासा मात्र देखाउने । सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरी तमासा देखाइएरहे अब एमाले चुप लागेर बस्दैन, नयाँ कदम चाल्न बाध्य हुनछ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत माघ १५ गते चितवनमा आयोजित एक कार्यक्रममार्फत सरकारलाई यस्तो चेतावनी दिए । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

यो त्यही दिन थियो, जुन दिनसम्ममा जसरी पनि स्थानीय निर्वाचनको मिति घोषणा गर्ने प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले केही साताअघि जनाएका थिए ।

पुसको अन्तिम साता प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा दाहालले माघ १५ भित्र जसरी पनि निर्वाचनको मिति घोषणा गर्ने प्रतिवद्धता जनाएका थिए ।

तर, यसपटक पनि प्रतिवद्धता पूरा नगरेपछि एमाले अध्यक्ष चितवनबाट दाहाललाई चेतावनी दिए, ‘संवैधानिक, राजनीतिक संकट निम्त्याउन सरकार लागिपर्छ भने एमाले चपुलागेर बस्दैन, नयाँ कदम चाल्न बाध्य हुन्छु ।’

अध्यक्ष ओलीले नयाँ कदम कस्तो हुने भन्ने त प्रष्ट्याएनन् तर, उनको अभिव्यक्तिमा देशव्यापी आन्दालेनको आँधीवेहरी सिर्जना गरेर सरकारलाई झुकाइछाड्ने अठोट झल्किन्थ्यो ।

त्योसो त माघ १५ को ठीक एक हप्ताअघि माघ ७ गते पनि अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई हल्का निर्णय नलिन आग्रह गरेका थिए । तत्काल निर्वाचनको मिति घोषणा गरेर जान उनको सुझाव थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank