विवाद मिलाउन एमालेमा वामदेवको संयोजकत्वमा समिति

मनोनयनपत्र हस्ताक्षरको मापदण्ड फेरियो

सोमवार, चैत्र २८, २०७३



काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्लामा भएको विवाद मिलाउन उच्च नेताहरु रहेको विषेश समिति बनाएको छ । कार्यवाहक अध्यक्ष वामदेव गौतमको संयोजकत्वमा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल रहेको समिति बनाएको हो ।

सोमबार बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको एमालेका सचिव योगेश भराईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्र विभाजन देखिएको छ । एमालेको काठमाडौँ जिल्ला कमिटीमा संस्थापन पक्षले पेल्न खोजेको भन्दै राजधानी काठमाडौंको जिल्ला कमिटि दुई समुहमा विभाजित भएको छ । पार्टी भित्रको विबाद चर्केपछि नेकपा एमालेका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो ।

हस्ताक्षर गर्ने व्यक्ति फेरिए
नेकपा एमालेले वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि तय गरेको उम्मेदवार छान्ने मापदण्ड अनुसारको हस्ताक्षर गर्ने व्यक्ति फेरेको छ । स्थायी समितिको बैठकले मनोनयनपत्र हस्ताक्षरको मापदण्ड फेरेको छ । बैठकले गाउँपालिका र त्यसका वडामा उमेदवारको प्रमाणिकरण प्रदेश कमिटीले गर्ने र नगरपालिका, उपमहानगर र महानगरपालिका र त्यसका वडाका उमेदवारको प्रमाणिकरण अध्यक्षले गर्ने पनि निर्णय गरेको छ ।

निर्वाचन आयोगको नियमावलीसँग नमिल्ने देखिउको भन्दै नयाँ निर्णय गरिएको हो । यसअघि गाउँपालीका र त्यो भन्दा तलका उम्मेदवारका हकमा जिल्लालाई, नगरपालीकाको हकमा प्रदेशलाई र महानगरपालीको हकमा स्थायी समितिलाई जिम्मा दिइएको थियो ।

देउवाको भनाईमा कडा आपत्ति
एमालेले कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाईमा कडा आपत्ति जनाएको छ । कैलालीमा गरिएको भाषणमा देउवाले देशमा विखण्डन ल्याउन एमालेले भूमिका खेलिरहेको आरोप लगाएपनि त्यसको भर्सना गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । संविधान संसोधनका विषयमा एमालेसँग कुनै सल्लाह नगरिएकाले स्वीकार नगर्ने निर्णय गरेको छ । सतही रुपमा गरिएको छलफलका आधारमा एमालेको सहमति भन्नु गलत भएको एमाले सचिव योगेश भराईले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank