केन्द्रीय नेता सांसदसहित ५ हजार एमालेमा प्रवेश

बिहिबार, चैत्र २४, २०७३



काठमाडौं । नेकपा एमालेमा स्थानिय चुनावको केन्द्रित अभियानसँगै पार्टी प्रवेशले पनि तिब्रता पाएको छ । प्रमुख दल माओवादी, कांग्रेसका नेता सांसदसहित चैत महिनामा मात्रै ५ हजार भन्दाबढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पूर्वदेखि पश्चिमसम्म यो चैत महिनामा मात्रै ३ हजारभन्दा बढी प्रवेश गरेका हुन । त्यो भन्दा अगाडीको लेखा जेखा पार्टीले एकीकृत गरेको छैन । काभ्रेमा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्यसहित काँग्रेस, माओवादी, राप्रपालगायतका दलका १ सय ३ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

भैरहवामा पुराना कम्युनिष्ट नेता रामचन्द्र भट्टराई माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । उदयपुरमा नेकपा एमाओवादी र नेपाली काँग्रेसका गरी दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । काठमाडौंमा चिकित्सक डा प्रदीप जोशी, एमाओवादीका सल्लाहकार डिल्लीराम राजभण्डारी र काँग्रेसका क्रियाशील सदस्य सुरेश शाहीलगायत ५० नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा (एमाले)बाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले हरिऔन सर्लाही नगरकमीटीले आयोजना गरेको एक कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १०० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मधेशी जनाधिकार फोरम नेपालका पाँच केन्द्रीय सदस्य पनि एमाले प्रवेश गरेका छन् । फोरमका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाई, राजेन्द्रप्रसाद खनाल एमाले प्रवेश गरेका हुन्।

माओवादी केन्द्रका पुर्व सांसद एमालेमा प्रवेश गरेका छन् । धनुषामा सत्तारुढ नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद फर्मुद नदाफसहित सय जना भन्दा बढी प्रवेश गरेका हुन् ।

बुधवार मात्रै ताप्लेजुङको साब्लाखुमा पूर्व गाविस अध्यक्ष तेजस्पी पन्दाकसहित झन्डै १० दर्जन माओवादी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata