ओली निवासमा भावी रणनीति बनाउँदै एमाले

बिहिबार, चैत्र १०, २०७३



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनाव केन्द्रित रणनीति तय गर्ने भएको छ । अहिले देखिएको राजनीतिक परिस्थिति मेची महाकाली अभियानको समिक्षासहित अबका कार्यक्रम एमालेले तय गर्नेछ । भावी रणनीति बनाउन स्थायी समितिको बैठक आज बस्दैछ । एमालेले मधेस र पाहाडी क्षेत्रमा गरि छुट्टन छुट्टै रणनीति बनाउने तयारी गरेको छ । स्थानिय तहको चुनावका लागि उम्मेदवार छनौट पनि त्यही रणनीति अनुसार पर्नेछ ।

मेची महाकाली अभियानपछि पहिलो पटक बस्न लागेको स्थायी समितिको बैठकले त्यसको समिक्षा गर्नेछ । संविधान संसोधनमा एमालेले दिनसक्ने सहमति, स्थानिय तहको चुनावमा उम्मेदवार बनाउने मापदण्ड, सबै स्थानिय तहमा एमालेले अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा मधेसमा एमाले चलाउने अर्को जागरण अभियानका विषयमा पनि छलफल हुनेछ ।

एमालेले दुई नम्बर प्रदेशमा अर्को अभियान सञ्चालन गरेर जनपुरमा विषेश सभा गर्ने तयारी गरेको छ । त्यस्तै संविधान संसोधनमा एमालेको भूमिका, भावी सरकार समिकरण लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा बोलाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank