निर्वाचनको निष्पक्षतामा एमालेको प्रश्न

शनिबार, बैशाख ३०, २०७४



काठमाडौं । स्थानीय तहको पहिलो चरणको पूर्व सन्ध्या नेकपा एमालेले चुनवाको निष्पक्षतामाथि प्रश्न उठाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले निर्वाचनमा धाँधली गर्ने प्रयास भएको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘ निर्वाचन हुँदैछ भनेर हामी खुसी छौँ । तर, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बन्न नदिन प्रयास भएका छन् । ती प्रयास नगन्य, निर्लज्ज, सत्ताको दुरुपयोग गरी, भ्रष्ट तरिकाले भएका छन् । यो दुःखलाग्दो र चिन्ताको कुरा हो ।’

मंसिरमा नै गर्न सकिने स्थानीय तहको चुनाव वैशाखमा गरेर सरकारले धाँधलीका अनेकौँ प्रयास गरेको ओलीको आरोप थियो । ‘मंसिरमै स्थानीय तहको चुनाव गर्न सकिन्थ्यो । चैत्र बैशाखमा प्रादेशकि चुनाव गर्न सकिन्थ्यो । गलत नजरका कारण सकेसम्म नगर्ने र अन्तिम समयमा निर्वाचन गरियो । बैशाख ३१ पछि घोषणा गरेपछि धाँधलीका अनेक प्रयास गरिए । त्यसभित्र अनेक मनशाय छन् ।’

उनले दुई चराणमा निर्वाचन गर्नुमा पनि सरकारको स्वेच्छाचारी र गलत नियत रहेको बताएको रातोपाटीले लेखेको छ ।  । उनले सरकारलाई दोस्रो चरणको निर्वाचनमा मुस्लिम समुदायको पर्व रहेको बताउँदै निर्वाचन सार्न आग्रह गरे पनि सरकारले त्यसलाई वेवास्ता गरेको आरोप लगाए ।

उनले सरकारले आचारसंहिता विपरित रकामान्तर गरेको, पीडितलाई पैसा वितरण गरेकोमा प्रश्न उठाए ।

बम सरकारले पड्काएको आशंका

‘काँग्रेस र माअ‍ोवादी देशलाई कता लैजान चाहन्छन् ? यसरी हुनछ स्वतन्त्र निर्वाचन ? यसरी हुन्छ, जनताको सावैधौम सत्ता ? समाजमा आतंक मच्चाउने ? यही हो उहाँहरुको प्रजातान्त्रिक संस्कार र प्रजातन्त्रका लागि गरेको योगदान ?, ओलीले प्रश्न गरे ।

उनले माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेको र मन्त्रीले पैसा बाँड्न हिँडेको आपत्ति जनाए । विभिन्न ठाउँमा बम विस्फोट गराउनमा पनि सरकारको हात रहेकोमा आशंका व्यक्त गरे, ‘मलाई आशंका छ । विस्फोटहरु कसले गराएको छ । जिल्ला लिने समूहमात्र हुन् कि जिम्मा नलिने पनि छन् । यसमा केही गर्न बाँकी राखिएको छैन ।’  भोलि पहिलो चरणको निर्वाचनमा सरकारले तमासा गर्ने पनि भविष्यवाणी गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata