स्थानीय तहको निर्वाचनमा एमालेले खाता खोल्यो, काभ्रेमा विजयी सुरुवात

बुधबार, बैशाख २०, २०७४



काठमाडौं । निर्वाचनमा नेकपा एमालेले काभ्रेबाट विजयी शुरुवात गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै एमालेले विजयी सुरुवात गरेको हो ।

एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको एमाले काभ्रेका अध्यक्ष टेक बहादुर वाईवाले जानकारी दिनु भएको छ ।

दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।

1867 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank