नेपालको चिन्ता संगठनमा, खनालको चिन्ता बाह्य चासोमा, नेता कार्यकर्ताको आचारण पनि बहसमा

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौं । एमाले र माओवादी नेताहरुले माक्र्सवादी ‘डिस्कोर्स’ सुरु गरेका छन् । पार्टी एकीकरणमा रहेका एमाले र माओवादी नेताहरुले माक्सर्वादी ‘डिस्कोर्स’ का आधारमा पार्टी एकतालाई अगाडी बढाउनुपर्ने बताएका छन् । एमाले र माओवादी केन्द्रका अगुवा नेताहरुले माक्र्सवादी लयलाई समातेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

काठमाडौंमा ‘आजको माक्सवाद : लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयमा राष्ट्रिय गोष्ठिलाई सम्वोधन गर्दै नेताहरुले सिद्धान्तलाई गतिसिलतामा बुझ्नुपर्ने बताएका छन् । राष्ट्रिय गोष्ठि शनिबारसम्म चल्नेछ ।

माधवकुमार नेपाल

एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माक्र्सवाद फगत राजनीतिक सिद्धान्त नभई प्रजातन्त्रलाई बलियो बनाउने चेत भएको बताए । एमाले नेता नेपालले सिद्धान्तको बनिबनाऊ सुत्र नभएको र त्यसलाई देश समाज अनुसार कार्यान्वनमा लैजानुपर्ने बताए ।
नेता नेपालले देशभक्तको प्राय प्रजातन्त्र, प्रताजन्त्रको प्राय कांग्रेस भन्ने मान्यता अब कम्युनिष्टले खोसिसकेको बताए ।

विचार, संगठन निर्माण र संगठनात्मक पद्धतिको विकास, जनपरिचालनको क्षेत्रलाई ध्यानमा राखेर भावी बाटो तय गर्नुपर्ने नेता नेपालको भनाई छ ।

झलनाथ खनाल
एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपालसहित सांसरमा पूजीपति वर्ग श्रमजीवि वर्गमाथि दमन बढाइरहेको बताए । उनले पार्टी एकता विरुद्ध नेपाल र नेपाल बाहिरका प्रतिक्रियावादीहरु सक्रिय रहेको आरोप लगाए ।

उनले नेपालमा श्रमिक, सर्वहारा वर्गका नेताहरुको चाहाना भएकाले एमाले माओवादीको एकता अब कसैले रोक्न नसक्ने बताए । ‘दुई पार्टीबीचको एकता अगाडी बढिसकेको छ अब कसैले रोक्न सक्दैन ’ खनालले भने, ‘ एकता भाडियोस भन्नेहरुको सपना अब पुरा हुनेछैन । ’
संविधान अनुसारका कार्यभार, समाजवादको दिशालाई अब केन्द्रमा राखेर अगाडी बढ्न्पर्ने बताए ।

राष्ट्रियता बलियो बनाउने, देशबाट गरिवी, अशिक्षा, अविकास हटाउने र देश समृद्ध बनाउने, राष्ट्रिय स्कृतिको जगेर्नालाई अगाडी राखेर अब काम गर्नुपर्ने खनालले बताए ।

अमिक शेरचन
माओवादी केन्द्रका नेता अमिक शेरचनले माक्सवादको आफु अनुकूल ब्याख्याले कम्य्निष्ट पार्टीमा विभाजन आएको बताए । उनले अब पार्टी एकतालाई माक्सवादी दृष्टिकोणबाट सुझबुझका साथ अगाडी बढाउनुपर्ने बताए ।

नेता शेरचनले नेता कार्यकर्ताको आचार बिग्रीएकाले त्यसमा सजक रहनुपर्ने बताए । माक्सवाद अनुसार अगाडी बढेका छौ की छैनौ त्यसको आत्म समिक्षा गर्न कम्युनिष्ट नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

(लाइभ) 

 

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank