एमाले माओवादी एकता संयोजन समितीको बैठक बस्दै

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । पार्टी एकतालाई मूर्त रुप दिनका लागि एमाले माओवादी एकता संयोजन समितीको बैठक बस्ने भएको छ ।  पार्टी एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउनका बैठक बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण अघि नै एकता गर्ने गृहकार्यमा रहेको एकता संयोजन समितिको बैठक प्रधानमन्त्री ओली स्वदेश फर्किदा समेत बस्न सकिरहेको छैन् ।  प्रधामन्त्री ओलीको कार्यशैलीप्रति माओवादी मन्त्री र अध्यक्ष प्रचण्ड रुस्ट देखिएको स्रोतले जनाएको छ । पार्टी एकताको सम्बन्धमा बैशाख ४-५ गते एमाले स्थायी कमिटीको बैठक बोलाइएको छ । त्यस्तै ६ गते पोलिटब्यूरो ,७ गते केन्द्रिय कमिटीको बैठक आब्हान गरेको एमालेका एक नेताले नेपालपाटीलाई जनाएका छन् ।

एमालेको बैठकमा एकता संयोजन समितीको कार्यदलले बनाएका साझा धारणा , सरकारले हालसम्म गरेका कामकाजको उपलब्धीका बिषयमा छलफल हुने जनाएका छन् ।

आज बस्ने पार्टी एकता संयोजन समितीको बैठकले दुई पार्टी भित्र देखा परेका दरारहरुलाई सुल्टाउने बताइएको छ । पार्टी एकता कम्नुष्टि पार्टीको स्थापना दिवसको अवसर पारि अप्रिल २२ अर्थात बैशाख ९ गते गर्ने नेताहरुले बताउँदै आएका छन्।

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank