गोकर्ण रिसोर्टमा दुई रात, ७० वर्षको उमेर हदमा विवाद

मङ्लबार, चैत्र १३, २०७४



गोकर्ण रिसोर्टमा दुई रातमा बन्यो विधान

काठमाडौं । एकीकृत पार्टीको अन्तरिम विधान काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर नेताहरूले तयार पारेका हुन् । मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन् ।

सोही मस्यौदामाथि अहिले अन्तिम छलफल चलिरहेको छ । एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल तथा माओवादी नेता जनार्दन शर्माले विधान बनाउन रिसोर्टमा दुई दिन दुई रात बिताएको स्रोतले जनाएको छ ।

७० वर्षको उमेर हदमा विवाद

एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ । एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् । यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले उमेर हद राख्न नहुने भन्दै एमाले र माओवादी नेताहरूसमक्ष लबिङ गरिरहेका छन् । नयाँपत्रिकाबाट

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank