वैचारिक नीतिमा कुरा अड्कियो

बिहिबार, फाल्गुन ३, २०७४



काठमाडौं   एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बुधबार दिउँसैबाट बसेको संयोजन समितिको बैठक पार्टी एकताका विषयमा सकारात्मक छलफल गर्दै सकिएको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार वैचारिक नीतिलाई शुत्रबद्ध गर्ने विषयमा थप छलफलको आवश्यकता भएकाले बिहीबार पुन बस्ने गरी संयोजन समितिको बुधबारको बैठक स्थगित भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘पार्टी एकताका विषयमा संयोजन समितिमा सकारात्मक छलफल भएको छ । एकता चाँडै हुन्छ । तर, वैचारिक नीतिलाई कसरी शुत्रबद्ध गर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक पुनः आज बिहीबार बस्नेगरी  स्थगित भएको छ ।’

186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank