यी गाँठो फुकेनन्, एमाले–माओवादी एकता तत्काल नहुने

सोमवार, चैत्र १९, २०७४



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने प्रयास गरिएपनि सम्भव नहुने भएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिएपनि केही विषयमा सहमति नजुट्दा तत्काल एकतामा समस्या देखिएको हो ।

संगठनमा सहभागिताको अनुपात, चुनाव चिन्ह र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । टुंग्याउन बाँकी विषय एकता संयोजन समितिबाट टुंग्याउने निष्कर्षमा कार्यदल पुगेको हो ।

माओवादीको जनमतको आधारमा संगठनमा संख्या मिलाउने पक्षमा एमाले छ । तर, माओवादी भने समानतालाई आधार मान्नुपर्ने तर्क गर्दै आएको छ ।

एमालेले चुनावचिन्ह सूर्य नै हुनुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले सूर्यभित्र हँसिया–हथौडा राख्नुपर्ने अडान लिएको छ ।

एकता संयोजन समितिका सदस्य एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रियाले गति लिइसकेकाले छिट्टै एकता घोषणा सभा हुने विश्वास व्यक्त गरे ।

कार्यदल सदस्य समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले बैशाख ९ गते पार्टी एकता होस् भन्ने माग गरेको बताए । उनले भने ‘हामीले कार्यदलबाट गर्नुपर्ने काम गरिसुक्यौँ । अव एकता संयोजन समितिले बाँकी विषय टुंग्याउनुपर्छ । छिटो पार्टी एकता होस भन्ने हाम्रो माग छ ।’

342 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank