बैशाख ९ गते नै एमाले–माओवादी एकता गर्ने संयोजन समितिको निर्णय

अ‍ोली भारत भ्रमणबाट फर्किएपछि प्रतिवेदनमाथि थप छलफल

बिहिबार, चैत्र २२, २०७४



काठमाडौँ । पार्टी एकता संयोजन समितिले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस (बैशाख ९) मै पार्टी एकता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले बैशाख ९ गते एकता गर्ने गरी दुवै पार्टीले तयारी तीव्र पार्ने निर्णय गरेको छ । दुवै कार्यदलको प्रतिवेदनलाई सकारात्मक रुपमा लिने निर्णय समेत बैठकले गरेको छ ।

प्रधानमन्त्री केपी अ‍ोली भारत भ्रमणबाट फर्किएपछि प्रतिवेदनमाथि थप छलफल गर्ने निर्णय भएको समिति सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा विवादित तीन विषयमा भने छलफल नै भएन । केन्द्रीय कमिटीको संख्या, जनयुद्द र चुनाव चिह्नको विषयमा सहमति जुट्न बाँकी छ ।

कार्यदलले तीन विषयका विवाद मिलाउन नसकेपछि शीर्ष तहमै टुंग्याउने सहमतिका साथ समितिमा प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि २७ चैतमा समितिको बैठक बस्ने तय गरिएको छ ।

631 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank