नेपालगञ्जमा–ओली नेपाल भिडन्त, ‘म्याच फिक्सीङ’ गर्दै पोखरेल

सोमवार, मंसिर २७, २०७३



नेपालगञ्ज । गुटबन्दीलाई समाप्त गर्ने निर्णय नै गरेको दुई महिना नबित्दै नेकपा (एमाले)भित्र चर्को गुटबन्दी भएको छ ।  बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरु भएको नेपाल निजामती कर्मचारी संगठनको १०औँ राष्ट्रिय अधिवेशनमा एमालेभित्रका स्थायी दुई गुट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भिडन्त हुने देखिएको छ । एमालेको महाधिबेशनमा ओली गुटबाट महासचिव जितेका इश्वर पोखरेलले भने कर्मचारीहरुको चुनावमा म्याच फिक्सीङ गर्ने स्रोतले जनाएको छ । उनी निकट केही कर्मचारी नेताहरुले नेपाल पक्षबाट अध्यक्षको उम्मेदवार बनेका मोहन घिमिरेलाई जिताउने गरि भूमिका खेल्न दवाव दिएपछि उनी चेपुवामा परेका हुन ।

नेपाल निजामति कर्मचारी संगठन एमालेको भातृ संगठन पेशागत महासंघको एक घटक हो । आधिकारिक ट्रेड युनियनको चुनावमा दवदवा कायम गर्न सफल भएकोले पनि सो संगठनमा कर्मचारीहरुको आकर्षण बढेको छ । संगठनको भावी नेतृत्वका लागि नेपाल समुहबाट वर्तमान अध्यक्ष मोहन घिमिरे र ओली पक्षबाट हालका वरिष्ठ उपाध्यक्ष केदार देवकोटा उम्मेदवार बनेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि नेपाल समुहबाट इश्वरी ढकाल, महासचिवका लागि रेवन्त गौतम, उपमहासचिवका लागि शान्तिराम लुईटेल उम्मेदवार बनेका छन् । ओली समुहबाट वरिष्ठ उपाध्यक्षमा लेखनाथ कोईराला, महासचिवमा गंगा सुनुवार लगायत उम्मेदवार बनेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments