एमाले मापदण्डले समानुपातिकमा छुटेका पुरुष नेता तनावमा

आइतवार, पुस ३०, २०७४



काठमाडौं । समानुपाति सूचीमा रहेर सांसद बन्न नपाएको पुरुष नेताले एमालेमा राष्ट्रियसभामा पनि जान नपाउने भएका छन् । समानुपातिमा रहेका प्रदेश र प्रतिनीधिसभाका केही नेताहरु राष्ट्रियसभाका लागि लबिङ गरिरहो बेला एमालेले उनीहरु नपर्ने गरि मापदण्ड बनाएको छ । एमालेले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि संविधानको धारा ८७ बमोजिम योग्यता पुगेका नेताहरुको हकमा मपदण्ड बनाएको छ ।

पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति हुनुपर्ने मापदण्ड तोकेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भौगोलिक र सामाजिक सन्तुलनलाई समेत ध्यान दिएर उम्मेदवार सिफारिस गर्नुपर्ने प्रदेश कमिटीलाई एमालेले निर्देशन दिइसकेको छ ।

प्रदेश कमिटीको सचिवालयले उम्मेदवार सिफारिस गर्दा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका नेतालाई मात्रै सिफारिस गर्नुपर्ने मापदण्ड पनि बनाइएको छ । यो मापदण्डले समानुपातिकमा महिला पठाउनुपर्ने बाध्यताले छुटेका पुरुष नेताहरु राष्ट्रियसभामा पनि रोकिने भएका छन् ।

‘प्रदेश र प्रतिनीधिसभामा छुटेका केही नेताहरु सिफारिस गर्नुपर्ने अवस्था थियो’ एक नेताले भने, ‘यो मापदण्डले उनीहरुलाई समस्या भयो सिफारिस गर्ने कमिटी पनि अप्ठ्यारोमा परेका छन् ।’  राष्ट्रिय सभा सदस्य हुन कुनै विषयको विज्ञ वा विशेषज्ञ हुनुपर्ने पनि मापदण्डमा बनाइएको छ ।

702 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank