राजेश हमाल एमालेको चुनाव प्रचारमा, राष्टकवी घिमिरेको साथ

शनिबार, बैशाख २३, २०७४



काठमाडौं । महानायक राजेश हमाल एमालेका उम्मेदवारलाई जिताउन चुनावी प्रचारमा लागेका छन् । राष्ट्रकवि माघव घिमिरेले साथ रहेको बताएका छन् । नेकपा एमाले का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको आशीर्वाद रहेको छ । २६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमला आज बिहान एमालेका उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै देखिएका छन ।

हमालले आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई साथ दिँदै केहीबेर घरदैला अभियानमा सहभागी भएका छन् । उनले घरदैलो कार्यक्रममा सबै टोलबासीलाई हात हल्लाउँदै भोट मागेको देखिएको छ ।त्यसैगरी, एमालेका उम्मेदवार रिमाल राष्ट्रकवि घिमिरेको घरमै पुगेर आशीर्वाद मागेका छन् । रिमाललाई राम्रो गर्नु मेरो आशीर्वाद छ, भोट पक्काु भन्नुभएको उम्मेदवार रिमालले जानकारी दिएका छन् र

47725 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank