नारायणीतिरमा उभिएर नेताहरुको उद्घोष : राष्ट्रियतामा अब सम्झौता हुन्न

एमाले मेचीकाली अभियान पश्चिम पस्यो

शनिबार, फाल्गुन २८, २०७३



चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरुले अब एमाले राष्ट्रियताको रक्षाका लागि ढाल भएर उभिने उदघोष गरेका छन् । उनीहरुले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध आउने जुनसुकै दवावलाई एमालेले परास्त गर्ने दावी गरे । मेची महाकाली अभियानअन्र्तगत नारायणी नदीको तिरमा उभिएर एमाले नेताहरुले कुनैपनि बाहानामा देशभित्र र बाहिरबाट नेपामाथि हुने हस्तक्षेपको जनताले साझा मुकाविला गर्ने बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले एक मात्र देशभक्त पार्टी भएको दावी गरेका छन् । उनले एमाले हरसम्भव जनता र देशका पक्षमा लड्न तयार रहेका र अहिले पनि आबश्यक परे एमाले सयौ योद्धा मैदानमा आउने बताए । कसैले कुनैपनि बाहानामा रोक्न छेक्न खोजे उनै समाप्त भएर जाने चेतावनी दिए ।

वामदेव गौतम
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मधेसवादका नाममा नेपाल विखण्डन गर्न खोजिएको आरोप लगाएका छन् । उनले नेपाल हिजो पनि आज पनि स्वतन्त्र रहेको बताए । भारतप्रति लच्छित गर्दै उपाध्यक्ष गौतमले छिमेकी ब्रिटीसको गुलामी गर्दा पनि नेपाल स्वतन्त्र रहेको र आज पनि त्यही अवस्था छ भने । छिमेकी ब्रिटीसको गुलामी गर्दा पनि नेपाल स्वतन्त्र रहेको थियो अहिले पनि छ , नेता गौतमले भने, नेपालको स्तन्त्रतामा कसैले हस्तक्षेप गरे सैह्य हुन्न । उनले नेपालमो सार्वभौमिकतामाथि खतरामा आउने खालको गतिविधि देशभित्र र बाहिर जहाँबाट गरेपनि एमालेका लागि सैह्य नहुने बताए । एमाले विरुद्ध जो सुकै लागेपनि फरक नपर्ने उनको भनाई छ । जंगलमा हाति आउँदा कुकुर भुक्छ तर हात्ति लम्किरहन्छ उनले भने एमाले विरुद्ध कुकुर भुकिरहेका छन तर एमाले लम्किरहनेछ । गौतमले आबश्यक परे रगत बगाउन तयार रहेको बताए उनले प्रत्येक थोपा रगतबाट एमाले योद्धा जन्मिने पनि बताए ।

सुरेन्द्र पाण्डे
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेको अबको एजेण्डा आर्थिक शसक्तिकरण हुने बताए । जनतलाई समृद्ध बनाउने गरि एमाले अगाडी बढ्ने र एमालेमात्रै देशलाई नयाँ बनाउन सक्ने उनले बताए । अभियान जति पश्चिम त्यति भब्य बन्ने पाण्डेको दावी थियो ।
कार्यक्रममा एमाले नेता जागृतप्रसाद भेटवाललाई ताम्रपत्रसहित सम्मान गरिएको थियो । अहिले लेखा आयोगको सदस्य रहेका भेटवाल एमाले पुराना नेता हुन । उनी अहले क्यान्सर रोगबाट पीडित छन् ।

चितवनको लोथरबाट अगाडी बढेको एमाले र्याली नारायणी नदीको तरिमा पुगेर सभामा दलीएका थियो । चितवनको गडौली, भण्डारा, विरेन्द्र नगर पर्स, खैरेनी चोक, भानुचोक, रत्नगर लगायतका ठाउँमा एक घर एक कलसका रुपमा स्वागत गरिएको थियो । ठाउँ ठाउँमा झाकीसहितको प्रदर्शन पनि गरिएको थियो ।

घरका छतबाट पानी र फुलले स्वागत गरिएको थियो । चितवनका इन्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनालले कार्यक्रमको सभापतित्व गरेपछि पूर्व सासद लालमणी चौधरीले थारु भाषामा स्वागत गरेका थिए अभियान र भेलामा ५० हजार मान्छेको सहभागिता रहेको थियो । करिब ८ सय भन्दा बढी सवारी साधानले २० किलोमिटरभन्दा लामो राजमार्ग ओगटेको थियो । चितवनको कार्यक्रम सकेर अभियान नवलपरासी पुगेको छ । नवलपरासीको गैडाकोटमा एमाले नताहरुले अभियनलई स्वागत गरेका थिए । एमाले अभियान लुम्बिनी पसेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata