नेपाल जोड्दै सकियो एमाले मेची-महाकाली अभियान

शुक्रबार, चैत्र ४, २०७३



काठमाडौं । राष्ट्रिय एकताको सन्देश सहित झापाबाट सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियान कञ्चनपुरमा गएर सकिएको छ । बिहीबार सकिएको अभियानको आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनगरि शीर्ष नेताहरुले समापन भएको घोषणा गर्दैछन् । संविधान कार्यान्वयनका लागि दबाब दिन र राष्ट्रिय एकता कायम गर्ने सन्देश सहित काँकडभिट्टाबाट २१ फागुनमा अभियान सुरु भएको थियो । दुई नम्बरको प्रदेशको सप्तरीमा भएको घटनापछि तीनदिन रोकिएको अभियान मकवानपुरको हेटौडाबाट फेरि सुरु भएको छ । अभियानका क्रममा एमालेले क्षेत्र विषेशको समुदायलाई प्राथमिकता दिएको छ ।

अभियान आज सकिएपनि प्रदेश अन्र्तगतको सभाभने भोलि सुर्खेतमा हुनेछ । सभालाई शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अभियानका हिसावले आज सकिएपनि सभाका हिसावले भोलिमात्रै सकिने एमालेले जनाएको छ । संविधान संशोधन प्रस्ताव राष्ट्रघाति भएको दाबी गर्दै आएको एमालेले संविधानका बिषयमा फैलाईएको भ्रम चिर्न अभियानको आयोजना गरिएको दावी गर्दै आएको छ ।

अभियानलाई लक्षित गर्दै मधेशी मोर्चाले विभिन्न स्थानमा प्रतिरोध गर्ने तयारी गरपनि एमालेले अभियान सम्पन्न गरेको छ । एमाले सचिव यागेश भराईले अभियान पूर्ण रुपमा सफल भएको दावी गरे । उनले अभियानले पूर्व, पश्चिम, मधेस पाहाड हिमाल सबैलाई जोड्ने काम गरेको बताए । शुक्रबार विहान ९ बजेपछि कञ्चनपुरस्थित पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरी विधिवत् रुपमा अभियानको समापन गरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata